एनआईसी एशिया बैंकको ‘साथी घर कर्जा’ योजना सार्वजनिक, ३ करोडसम्म कर्जा उपलब्ध
एनआईसी एशिया बैंकले घर तथा अपार्टमेन्ट खरिद, निर्माण, पुनःनिर्माण तथा घडेरी खरिदका लागि अधिकतम रू. ३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नारासहित सार्वजनिक गरिएको योजनाले न्यूनतम रू. ५० लाखदेखि अधिकतम ३ करोडसम्मको कर्जा प्रदान गर्नेछ ।
