SHARE
पर्दाफास · आइबार​ १५ भौ २०८२ ०३:२४ PM · 1 मिनेट पढाइ

डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घट्यो

नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आजै मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । भारतबाट मूल्यसूची घटेर आएकाले सोही अनुसार आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।