GWM को ‘ड्रागन आर्मर ब्याट्री’ : विद्युतीय सवारी सुरक्षामा नयाँ मानक स्थापित
काठमाडौं । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ । धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि, GWM विश्वका थोरै अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी SVOLT Energy मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ ।
