नेपाल लाइफद्वारा दृष्टिविहीन बालबालिकाका लागि आवास निर्माण गर्न आर्थिक सहयोग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ । कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा निर्माण भइरहेको आवासीय भवनका लागि सहयोग उपलब्ध गराएको हो । निर्माणाधीन भवन सञ्चालनमा आएपछि ६० जनासम्म दृष्टिविहीन बालबालिकाले सुरक्षित, सहज र स्नेहपूर्ण वातावरणमा बसोबास गर्न पाउनेछन् ।
