सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय
काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा सोमबार बसेको बैठकले सातामा दुई दिन बिदा दिँदा थपिएकाले अन्य बिदाहरू कटौती गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
