जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि विस्तार तथा कृषि क्षेत्रको दिगो विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी र सहयोग अपरिहार्य रहेको बताएकी छन् । नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने लक्ष्य लिएको बताइन् ।
