निकुञ्जमा च्याउ टिप्न गएका सम्पर्कविहीन महिलाहरू सकुशल फेला
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका सम्पर्कविहीन महिलाहरू सकुशल फेला परेका छन् । भीमदत्त नगरपालिका-१९ बागफाँटाका महिलाहरू आइतबारदेखि सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए। खोजी अभियानकै क्रममा उनीहरू परिवारको सम्पर्कमा आएका हुन् ।
