अमेरिका-इरान तनावले तेलको मूल्य एक महिनायताकै उच्च, एसियाली शेयर बजारमा मिश्रित कारोबार
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ । मध्यपूर्वमा युद्ध चर्किने आशंकाले विश्व बजारमा ऊर्जा आपूर्तिप्रति चिन्ता बढेसँगै सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघेको हो ।
