चिनियाँ लक्जरी कार ब्रान्ड ‘हङसी’ अब नेपालमा
काठमाडौं । चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने लक्जरी कार ब्रान्ड हङसी अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । यो ब्रान्डका विद्युतीय (इलेक्ट्रिक) एसयूभी गाडीहरू नेपाल मोबिलिटी एक्स्पो (नाइमा) २०२६ मा पहिलो पटक सार्वजनिक गरिन लागेको हो । हङसीलाई नेपालमा एडभान्स्ड अटोमोबाइल प्रालिले भित्र्याएको हो ।
