मदन पुरस्कारका लागि १० वटा पुस्तकको नाम सार्वजनिक
काठमाण्डु – मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कारका निम्ति छानिएका १० पुस्तकको सूची सार्वजनिक गरेको छ । सोमबार गुठीका अध्यक्ष कुन्द दीक्षितले सूची सार्वजनिक गरेका हुन् । २०८२ को मदन पुरस्कारका लागि प्राप्त भएका २९८ पुस्तकमध्ये गुठीले १० वटालाई श्रेष्ठ सूचीका रूपमा छनोट गरेको हो ।
