मेसीलाईपछि पार्दै एम्बाप्पेको नयाँ कीर्तिमान : लगातार दोस्रो पटक जिते ‘गोल्डेन बुट’
काठमाडौं । फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेले विश्वकपको गोल्डेन बुट जितेका छन् । प्रतियोगिताका आठ खेलमा १० गोल गर्दै एम्बाप्पेले सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका हुन् । एम्बाप्पेले अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् । यससँगै उनी लगातार दुई विश्वकपमा यो अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।
