साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो [तस्बिरहरु]
काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनको भीड छ । पशुपतिनाथमा बिहानबाटै चार वटै ढोका खोलिएका छन् । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमबार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
