SHARE
लोक पथ · सोमबार ४ साउन २०८३ ०३:३४ AM · 1 मिनेट पढाइ

चार महिनामा विपद्मा परी १६६ जनाको मृत्यु, ३ हजारभन्दा बढी घटना

काठमाडौं । गत वैशाखदेखि हालसम्म विपद्जन्य घटनामा परी १६६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा देशभर तीन हजार ४३५ वटा विपद्का घटना भएका छन् । विपद्मा परी ९८८ जना घाइते भएका छन् भने चार हजार ५३१ घरपरिवार प्रभावित भएका छन् ।