SHARE
लोक पथ · सोमबार ४ साउन २०८३ ०३:५१ AM · 1 मिनेट पढाइ

अब लाइसेन्सको अधिकांश काम अनलाइनबाटै गर्न सकिने

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवाहरू पूर्ण रूपमा अनलाइनबाट सुरु गरेको छ । अब लाइसेन्सको नयाँ आवेदन, नवीकरण र राजस्व भुक्तानी जस्ता काम घरबाटै अनलाइन गर्न सकिने विभागले जनाएको छ । नयाँ लाइसेन्स बनाउन चाहने सेवाग्राहीले स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा जानुपर्नेछ।