झापामा आर्थिक अपराध बढ्दो, एक वर्षमा बैंकिङ कसुरका २९४ मुद्दा
झापा । डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापामा वित्तीय अपराधका घटना भने बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी गरी तीन सय ७३ वटा मुद्दा दर्ता भएका छन् ।
