SHARE
लोक पथ · सोमबार ४ साउन २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

उत्तरी इराकमा इरानी आक्रमण : एक अमेरिकी सैनिकको मृत्यु, अर्का एक घाइते

बगदाद । उत्तरी इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैन्य सदस्यको मृत्यु भएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार, इरानी ड्रोन खसालेपछि त्यसमा रहेको निष्क्रिय नभएको विस्फोटक पदार्थलाई नियन्त्रणमा लिएर नष्ट गर्ने क्रममा उक्त सैनिकको मृत्यु भएको हो । घटनामा अर्का एक सैनिक घाइते भएका छन् ।