बाढी-पहिरोका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध, धेरै जिल्लामा सवारी सञ्चालन रोक
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो तथा सम्भावित उच्च जोखिमका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । केही सडकमा बाढी र पहिरोले यातायात पूर्ण रूपमा ठप्प भएको छ भने जोखिमलाई मध्यनजर गर्दै केही स्थानमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
