देशभर मनसुन सक्रिय, कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशभर वर्षाको गतिविधि सक्रिय बनेको हो । महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
