पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, आवागमन पुनः सञ्चालनको तयारी
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा सोमबार बिहान पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान करिब २ः२० बजे पहिरो खसेपछि उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन ठप्प भएको हो ।
