SHARE
लोक पथ · सोमबार ४ साउन २०८३ ०१:५६ AM · 1 मिनेट पढाइ

घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?

काठमाडौं । घरजग्गा कारोबारबाट सरकारले गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्ष २०८२/८३ को सबैभन्दा धेरै मासिक राजस्व संकलन हो । विभागले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षभरमा सबैभन्दा धेरै राजस्व असारमै उठेको हो ।