साउनको पहिलो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौं । भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमबार आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ । बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शन र पूजाआजाका लागि भक्तजनको उल्लेख्य भीड लागेको छ । पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको लाम लागेको देखिएको छ ।
