SHARE
लोक पथ · सोमबार ४ साउन २०८३ ०२:११ AM · 1 मिनेट पढाइ

बर्डफ्लुले थलियो सदर चिडियाखाना, २७ दिनको बन्दले ३ करोड घाटा

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बर्डफ्लु संक्रमणका कारण २७ दिन बन्द हुँदा करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । बर्डफ्लु संक्रमण पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि चिडियाखाना सर्वसाधारणका लागि बन्द गरेको थियो ।