SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

रुचि र विज्ञताका आधारमा सांसदलाई जिम्मेवारी दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसदीय दलका सदस्यहरूलाई उनीहरूको रुचि, ज्ञान र विज्ञताका आधारमा जिम्मेवारी दिनुपर्ने बताएका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले सबै सांसदको सबै विषयमा समान रुचि र दक्षता नहुने भएकाले विषयवस्तुमा दख्खल भएका व्यक्तिलाई प्राथमिकता दिँदा मात्र सदनमा पार्टीको उपस्थिति प्रभावकारी हुने बताए ।