तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
काठमाडौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तरराष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन् । चीनको हाइनान प्रदेशस्थित हाइकाउ सहरको तुनचाङ काउन्टी रङ्गशालामा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधामा स्वर्ण र क्योरुगी विधामा दोस्रो हुँदै रजत पदक जितेकी हुन् ।
