गोकर्णेश्वर महादेव परिसरमा एमआरआर भजन, भक्तिभावमा रमाए युवा (तस्बिरहरू)
काठमाडौं । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा शनिबार साँझ चर्चित फेसबुक समूह एमआरआर अर्थात् ‘Men’s Room Reloaded (MRR)’ द्वारा आयोजित सामूहिक भजन–कीर्तनमा सयौँ युवाहरूको सहभागिता रहेको छ । परम्परागत रूपमा ज्येष्ठ पुस्ताको सहभागिता बढी हुने भजन–कीर्तनमा पछिल्ला वर्षहरूमा युवा पुस्ताको उपस्थिति उल्लेखनीय रूपमा बढ्न थालेको छ ।
