SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

एमाले–नेपाली कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सहकार्य गर्ने सहमति, पाँच प्रदेशको नेतृत्व टुंगियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । शनिबार सार्वजनिक भएको सहमति पत्रमा प्रदेश सरकार गठन, नेतृत्व बाँडफाँट तथा बाँकी प्रदेशमा अन्य दलसँगको परामर्शमार्फत निर्णय गर्ने विषय उल्लेख गरिएको छ ।