ओली प्रचण्डले पुनः मिलाए हातः प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा सहमति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका सन्दर्भमा सहमति भएको छ । प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र बजेट निर्माणमा उत्पन्न अवरोधलाई अन्त्य गर्दै सुशासन र विकासको गतिलाई तिब्रता दिन दुई दलबीच सहकार्य गर्ने सम्झौता भएको हो । शनिवार भएको सहमतिअनुसार पाँचवटा प्रदेशको नेतृत्व बाँडफाँट टुङ्ग्याइएको छ ।
