आसामले टस जितेर पहिला बलिङ रोज्यो
कामठाडौं : आसामले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। भारतको गुहाटीमा जारी पाँच खेल सम्मिलित टी–२० सिरिजको तेस्रो खेलमा आसामले टस जितेर नेपाल ‘ए’लाई पहिला ब्याटिङको निम्तो दिएको हो। नेपालले पहिलो खेलमा आसामसँग डील प्रणालीको आधारमा १५ रनको हार बेहोरेको थियो। यस्तै दोस्रो खेलमा नेपाल ‘ए’ले आसामलाई ९६ रनले हराएको थियो।
