SHARE
अन्नपूर्ण · आइबार​ १५ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

चाडपर्व सकिएपछि सडक र सदन केन्द्रित आन्दोलन गर्छौं : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्व सकिएपछि सडक र सदन केन्द्रित आन्दोलन गर्ने बताएका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती विषयक विचार गोष्ठीमा प्रचण्डले चाडपर्व सकिएपछि सबै प्रतिपक्षीहरू एक भएर सडक र सदन केन्द्रित आन्दोलन चर्काउने बताएका हुन्।