SHARE
अन्नपूर्ण · आइबार​ १५ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न गर्न मुख्यमन्त्री कँडेलले दिए तिहारसम्मको समयसीमा

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको बाँकी रहेका कामहरू छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्। शनिबार प्रसारण लाइन अन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेको विभिन्न संरचनाहरूको निरीक्षण गर्दै उनले जनस्तरमा देखिएका समस्या समाधान भइसकेकाले अब निर्माणमा ढिलाइ गर्न नहुने बताए। उनले आउँदो तिहारसम्म प्रसारण लाइनको फिल्डको काम सकेर सब स्टेशनमा विद्युत् जोड्ने गरी काम सम्पन्न गर्न आयोजना कार्यालयलाई निर्देशन दिए।