नेपाल ‘ए’ले दियो आसामलाई १९७ रनको लक्ष्य
काठमाडौं : भारतको गुहाटीमा जारी आसामसँगको पाँच खेल सम्मिलित टी–२० सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ले आसामलाई १९७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको हो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ७४ रन बनाए। यस्तै आदिल आलमले ३५, तृत दासले ३३ र अनिल साहले ३१ रन बनाए।
