SHARE
अन्नपूर्ण · आइबार​ १५ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

‘काल’ बन्दै निजी स्विमिङ पुलहरू, झापामा पाँच महिनामा तीन जनाको मृत्यु

झापा : होटल र व्यावसायिक प्रयोजनका लागि बनाइएका स्विमिङ पुलहरू असुरक्षित बन्दा सर्वसाधारणले अकालमै ज्यान गुमाइरहेका छन्। व्यवसायीले सरकारबाट सञ्चालनको अनुमति पाए पनि स्विमिङ पुलहरूको सम्बन्धित निकायले अनुगमन नगर्दा सर्वसाधारणहरू अकालमै ज्यान गुमाउन बाध्य छन्।  पाँच महिनाभित्र झापाका स्विमिङ पुलहरूमा पौडी खेल्न क्रममा एक भारतीय बालकसहित तीन जनाले ज्यान गुमाएका छन्।