५० डिग्रीको प्रचण्ड गर्मीका बीच इराकमा टमाटर भित्र्याउने चटारो
एजेन्सी । इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा अवस्थित कृषि भूमिहरूमा यतिबेला टमाटरको फसल भित्र्याउने काम तीव्र गतिमा भइरहेको छ । प्रचण्ड गर्मी र चर्को घामको प्रवाह नगरी स्थानीय किसान व्यावसायिक बाली संकलनमा व्यस्त देखिएका छन् । इराकी खानपानको अनिवार्य हिस्सा मानिने टमाटर भित्र्याउने यो समय मौसमी दृष्टिकोणले निकै चुनौतीपूर्ण मानिन्छ ।
