‘साइक्लोस्पोरियासिस’ संक्रमणः क्यालिफोर्नियाको टेलर फार्म्सद्वारा बजारबाट लेटुस फिर्ता
एजेन्सी । क्यालिफोर्नियास्थित कृषि उत्पादन वितरक कम्पनी ‘टेलर फाम्र्स’ ले मध्य मेक्सिकोबाट आयात गरिएको आइसबर्ग लेटुस बजारबाट स्वेच्छिक रूपमा फिर्ता लिने घोषणा गरेको छ । अमेरिकामा घातक ‘साइक्लोस्पोरियासिस’ नामक परजीवी संक्रमण फैलिएपछि स्वास्थ्य अधिकारीहरूले यस कम्पनीलाई संक्रमणको सम्भावित स्रोतका रूपमा पहिचान गरेका थिए ।
