SHARE
अन्नपूर्ण · आइबार​ १५ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

विषालु च्याउ खाँदा झापामा एकै परिवारका तीनजना बिरामी

झापा : झापामा विषालु च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी परेका छन्। विषालु च्याउ खादा गौरीगञ्ज गाउँपालिका-३ ठेकीटोला निवासी ६२ वर्षीय रामचन्द्र मण्डल, उनकी श्रीमती ५२ वर्षीया शंकरी मण्डल र नाति १३ वर्षीय नीलकुमार मण्डल बिरामी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले खेतबारीको च्याउ ल्याएर पकाएर खाँदा शनिवार दिउँसो ३ बजे बिरामी परेका थिए। बिरामी परेका उनीहरूलाई गौरीगञ्ज आधारभूत अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि दमक अस्पताल दमक पठाइएको छ।