SHARE
अन्नपूर्ण · आइबार​ १५ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

चियाबारी–खुर्कोट सुरुङ निर्माण छिटो अघि बढाउन सांसदहरूको माग

सिन्धुली : बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गअन्तर्गत पर्ने चियाबारी–खुर्कोट सुरुङ निर्माण कार्य छिटो अघि बढाउन सांसदहरूले माग गरेका छन्। शनिबार सिन्धुली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)को नेतृत्वमा संघीय संसदका ७२ जना संसदले संयुक्त रूपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको ध्यानाकर्षण गराएका हुन्।