SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

गोरु पाल्ने किसानलाई प्रोत्साहन

गण्डकी । पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा १९ वटा वडाका ५५० गोरुलाई रु १० हजारका दरले रु ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएकामा गत आवमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बीउबिजन वितरण गरिएको हो ।