बाँदर र बँदेल नियन्त्रण गर्न वनमन्त्रीसँग माग
नुवाकोट : जंगली बाँदर र बँदेलका कारण जनताले दुःख पाइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न नुवाकोटवासीले बागमती प्रदेशका वन तथा वातावरण मन्त्रीसमक्ष माग गरेका छन्। बाँदर र बँदेलले बालीनाली नष्ट गर्नुका साथै भौतिक क्षतिसमेत गर्न थालेपछि यसको प्रभावकारी नियन्त्रण आवश्यक रहेको वनमन्त्री भरतबहादुर केसीसमक्ष नुवाकोटवासीले माग गरेका हुन्।
