लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको उपचारका क्रममा निधन
दाङ : लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज अन्तर्गत मनमोहन सेन्टरमा शनिबार उनको निधन भएको एमाले पोलिटब्युरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले पुष्टि गरेका छन्।पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो। अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अप्रेसन)गरिएको थियो। पहिलो अप्रेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन्।
