चिनियाँ राष्ट्रपतिले भने– नेपाल–भारतको सीमा विवादमा चीन पर्न चाहँदैन, दुई पक्षले समाधान गर्नुहोस्
काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–भारतको सीमा विवादमा चीन पर्न नचाहेको भन्दै दुई पक्षले समाधान गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चीनका राष्ट्रपति सीले यस्तो बताएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए। भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसमक्ष भारत–चीनबीच हालै लिपुलेक मार्ग हुँदै सीमा व्यापार सम्बन्धी भएको समझदारीको प्रसङ्ग उठाएका थिए।
