SHARE
अन्नपूर्ण · आइबार​ १५ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

बारपाकको अकबरे खुर्सानी रोग किराले नष्ट

गोरखा : जिल्लाको उच्च पहाडी भूभागमा पर्ने बारपाकको अकबरे खुर्सानी खेती रोग किराले नष्ट पारेको छ। विगत एक महिनादेखि बारपाक सुलिकोट गाउँपालिका-२ थैली तथा अन्य विभिन्न ठाउँमा लगाइएको व्यावसायिक अकबरे खुर्सानी खेती रोग किराले नष्ट पारेको वडाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए।व्यवसायिक किसानको विभिन्न ठाउँका करिब पाँच सय रोपनीमा लगाइएको अकबरे खुर्सानी २५ प्रतिशतभन्दा धेरै नष्ट गरेको उनले बताए।