रुपन्देहीमा दुई पालिकाका पूर्व अध्यक्ष एमालेमा प्रवेश
बुटवल : रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ला र मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्दन बानिया नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार आयोजित कार्यक्रमका एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उनीहरूलाई प्रवेश गराए। रुपन्देही ३ मा नजिकिएको उपनिर्वाचनको पूर्व सन्ध्यामा पूर्व अध्यक्षहरू पार्टी प्रवेश गरेका हुन्। बानियाँ २०७४ सालमा उपेन्द्र यादव समूहको मधेसी जनअधिकार फोरमबाट मर्चवारी गाउँपालिकाको अध्यक्ष बनेका थिए।
