आसाममाथि नेपाल ‘ए’को दोस्रो जित
काठमाडौं : नेपाल ‘ए’ले आसाममाथि दोस्रो जित निकालेको छ। भारतको गुहाटीमा जारी आसामसँगको पाँच खेल सम्मिलित टी–२० सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ले ९ रनले जितेको हो। टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो। नेपाल ‘ए’का लागि सन्दीप जोराले सर्वाधिक ७४ रन बनाए। यस्तै आदिल आलमले ३५, तृत दासले ३३ र अनिल साहले ३१ रन बनाए।
