इम्बार्क कलेजले ल्यायो पढाईसँगै कमाइ गर्ने नयाँ कार्यक्रम
१३ भदौ, काठमाडौं । ललितपुरस्थित इम्बार्क कलेजले विद्यार्थीहरूका लागि ‘पढाइ र कमाइ’ दुवैलाई सँगसँगै लैजाने उद्देश्यले दुईवटा नयाँ कार्यक्रमको घोषणा गरेको छ। कलेजले नेपालमा व्यावसायिक शिक्षा र रोजगारीको खाडल पुर्नका लागि ‘व्यवसायिक सीप तालिम (अफेन्टिससिप) कार्यक्रम’ र ‘नवप्रवर्तन स्टार्टअप क्षमता विकास कार्यक्रम’ सुरु गरेको हो।
