हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८% हिस्सेदारी: हिमालयन जाभालाई विश्व बजारमा विस्तार गर्ने लक्ष्य
१३ भदौ, काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा एनआईबीएल इक्विटी पार्टनर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हिमान्त वजारु पाँडे र हिमालयन जाभाको तर्फबाट संस्थापक गगन प्रधानले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।
