SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

रामपुर क्याम्पसमा शिक्षामन्त्रीको अनुगमन: १५ वर्षे जग्गा विवाद सुल्झाउने आश्वासन

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन् । त्यसक्रममा मन्त्री पोखरेलले दुवै संस्थाबीच विगत १५ वर्षदेखि कायम रहेको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।