SHARE
लोक पथ · शनिबार १४ भौ २०८२ ०६:४६ AM · 1 मिनेट पढाइ

उपमेयर डंगोलद्वारा महानगर प्रहरीलाई ‘संस्थाको प्रतिनिधि’ भएर काम गर्न सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छन् । शनिबार काठमाडौंमा आयोजित ३३औँ महानगर प्रहरी दिवसको अवसरमा उपमेयर डंगोलले महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने अभ्यासमा सुधार गर्नुपर्ने कुरामा जोड दिइन् ।