SHARE
लोक पथ · शनिबार १४ भौ २०८२ ०९:२७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिन पुगेका छन् ।  शनिबार बिहान प्रस्थान गरेका ओलीलाई थियानजिन विमानस्थलमा चीनका उच्च अधिकारी र नेपालका लागि चीनका राजदूतले स्वागत गरे ।  आजै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।