SHARE
लोक पथ · शनिबार १४ भौ २०८२ ०९:४३ AM · 1 मिनेट पढाइ

जम्मु–कश्मीरमा आकस्मिक बाढी : कम्तीमा ११ जनाको मृत्यु

भारत । भारतको जम्मु र कश्मीर क्षेत्रमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोले कम्तीमा ११ जनाको ज्यान गएको छ । मृतकमध्ये चार जना बालबालिका रहेको बताइएको छ । रामबन र रियासी जिल्लामा शुक्रबार राति भएको बाढीका कारण ठुलो क्षति भएको छ भने पाँच वर्षका एक बालक अझै बेपत्ता रहेका छन् ।