प्रधानमन्त्री ओली र राष्ट्रपति सी जिनपिङबिच भेटवार्ता, द्विपक्षीय सम्बन्ध विस्तारमा जोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच शनिबार चीनको तिआन्जिन शहरमा भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–चीनबिचको आपसी हितका विषयहरू, द्विपक्षीय सम्बन्ध विस्तार तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे छलफल भएको बताइएको छ । उच्चस्तरीय भेटलाई दुवै मुलुकबिचको सम्बन्धलाई थप सुदृढ पार्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
